देउवाको स्वास्थ्य कस्तो छ ? पूर्ण बहादुरले गरे यस्तो ब्रिफ

sajhamat.com
September 20th, 2025

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भइरहेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्यबारे यस्तो ब्रिफ गरेका हुन् ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुले देउवा दम्पतीमाथि हमला गरेका थिए। जसमा देउवालाई गम्भीर चोट लागेको र १२ वटा टाँका लगाइएको छ ।

देउवा दम्पत्तिको स्वास्थ्यमा अहिले सुधार आएको छ । तर, चिकित्सकको निगरानीमा नै बस्नु परेकोले अझै केही दिन अस्पतालमा नै रहने बताइएको छ। सभापति देउवाको उपचार छाउनीस्थित् नेपाली सेनाको अस्पतालमा भइरहेकाे जनाइएकाे छ ।