
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।
कुराकानी आत्मीय भएको उनले बताएका छन् । मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारमा समवेदन पनि प्रकट गरेका थिए ।
उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका थिए ।