मधेसमा नयाँ सरकार गठन गर्ने चार दलबीच सहमति

sajhamat.com
May 15th, 2024

जनकपुर । मधेसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ। चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेको हो। एमाले माओवादीले सरकार छाड्नुअघि चार दलका नेताहरूको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको सांसद हरिनारायण महतोले बताए।

बैठकपछि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी दलका नेता भरतप्रसाद साह, जनमतका नेता महेश प्रसाद यादव, लोसपाका दलका उपनेता उपेन्द्र महतो, एमाले सचेतक हरिनारायण महतो, लोसपा सांसद रानी शर्मा तिवारी, माओवादीका नेता युवराज भट्टराईको सामूहिक तस्वीर पनि सार्वजनिक भएको छ। दलहरूबीच अहिले पनि नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको छ।

स्रोतका अनुसार सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने सहमति हुन सकेको छैन। निवर्तमान उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईको सरकारी आवासमा भएको बैठकमा सरकारको नेतृत्व कसले गर्ने, सरकारमा दलीय प्रतिनिधित्व कसरी गर्ने लगायतका विषयमा छलफल भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments